नियम
राष्ट्रिय अभिलेखालयको काम, कर्तव्य र अधिकार

ऐनमा लेखिएका काम, कर्तव्य र अधिकारको अतिरिक्त राष्ट्रिय अभिलेखालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) अभिलेख आवश्यकता अनुसार प्रकाशन गर्ने, गराउने,
(ख) राष्ट्रिय अभिलेखालयको लागि उपयोगी हुने कुनै कागजात प्राप्त गर्ने वा प्रचलित कानून बमोजिम खरिद गर्ने,
(ग) अभिलेखको माइक्रोफिल्म बनाउने,
(घ) अभिलेख प्रकाशन गर्न कसैले माग गरेमा शर्त तोकी स्वीकृति दिने,
(ङ) कागजात संरक्षण गर्ने सम्बन्धमा कुनै निकायलाई आवश्यक राय सुझाव दिने,
(च) कागजात संकलन तथा संरक्षण गर्ने सम्बन्धमा जनचेतना अभिवृद्धि गराउने,
(छ) कागजात संरक्षण गर्ने सम्बन्धमा आवश्यक अन्य कार्य गर्ने ।